मूल्य वृद्धिविरुद्ध सडकमा राँको झोसेर, यातायात ठप्प पारेर अनेरास्ववियु आन्दोलित
वेलकम खबर
असार ७, २०७९
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ ।एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको छ ।यसअघि हिजो पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो । सरकारले सोमबाबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि गरेको थियो ।



















