एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने मन्त्रिपरिषद्को निर्णय

वेलकम खबर
असार ६, २०७९

काठमाडौ । विवादित अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० लाई अस्वीकार गर्ने गरी सरकारले पत्र लेख्ने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने विवरणसहित अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको हो। २०७२ असोजदेखि अघि बढाइएको एसपीपी सम्झौता पछिल्लो समय नेपालमा चर्को विवादमा परेको थियो।

एक मन्त्रीका अनुसार असंलग्न परराष्ट्र नीति अपनाइरहेको नेपाल कुनै पनि सैन्य गठबन्धनमा जान नसक्ने निष्कर्षसहित एसपीपी अस्वीकारको निर्णय भएको हो।
जेठ अन्तिम अमेरिका सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल चार्ल्स ए फ्लिनले नेपाल भ्रमण गरेपछि एसपीपी सम्झौता अझ विवादित बनेको थियो।

एसपीपीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक तर प्रधानसेनापति प्रभुराम शर्मा ​अनिर्णित थिए। फ्लिनले एसपीपीलाई प्रधानसेनापति शर्माको आसन्न अमेरिका भ्रमणमै अघि बढाउने गरी सम्झौता गर्नुपर्ने कुरा नेपाल भ्रमणका क्रममा राखेका थिए।उनले नेपाल भ्रमण सकेर फर्किएपछि नेपाल भ्रमण उत्साहजनक भएको पनि प्रतिक्रिया दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*