एमालेद्वारा संसद्‌मा ‘स्थगनको प्रस्ताव’ दर्ता

वेलकम खबर
जेष्ठ ३०, २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेले संसद्‌मा स्थगनको प्रस्ताव दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसद्‌मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्‍यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् ।

किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । उक्त प्रस्तावमाथि संसद्‌मा छलफल हुने भएको छ ।

स्थगन प्रस्ताव स्वीकृत भए संसद्‌मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने संसद् सचिवालयका अधिकारीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*