जिसस ताप्लेजुङको उपप्रमुखमा कृष्ण लिङखिम निर्विरोध घोषणा हुन बाँकी
मदन गौतम
ताप्लेजुङ । ताप्लेजुङको जिल्ला समन्वय समितिको निर्वाचनका लागि आज दिउसो २ः बजे देखि ५ः०० बजे सम्म उम्मेद्धारको मनोनयन दर्ता समय रहेको थियो । उपप्रमुखमा नेपाली काग्रेस पार्टीबाट फङलिङनगरपालिका १० फुरुम्बुका वडा सदस्य कृष्ण लिङखिमको मात्र उम्मेद्धारी दर्ता भएको छ ।
उपप्रमुखमा अरु कुनै दलले उम्मेद्धारी नदिएकाले लिङखिम निर्विरोध भएका हुन तर घोषणा हुन बाकी रहेको छ । जिल्ला समन्वय प्रमुखमा गठबन्धनका २ जनाको उम्मेद्धारी परेको छ । नेकपा एमालेले धनेन्द्र मादेन र गठबन्धनबाट नेकपा माओबादी केन्द्रले गंगाराम शंखर तथा नेकपा एकिकृत समाजबादीले छिरिङ लामाको उम्मेद्धारी दर्ता गराएको छ । मादेन पुर्व जिसस प्रमुख हुन । प्रमुख माओबादी केन्द्रलाई र उपप्रमुख नेकपा एसलाई दिने तथा सदस्यहरु नेपाली काङग्रेसको हुने गठबन्धन दलको सहमति भएको थियो ।
माओबादी केन्द्रका गंगाराम शकरले गत स्थानीय तहको पार्टीले दिएको टिकट प्रयोग गरि मनोनयन दर्ता गराएका थिए । गठबनधन दलको तर्फबाट प्रमुख पदमा फत्ताङलुङ गाउकार्यपालिकाका मिङमा डण्डु शेर्पाको चर्चा चलेको थियो । शेर्पा मनोनयन दर्ता गर्न जादा शकरले पहिले नै मनोनयन दर्ता गरेकाले एउटा पार्टीले एक जना मात्र मनोनयन दर्ता गराउन पाउने प्रावधानले मनोनयन दर्ता गराउन पाएनन् । स्थानीय तह निर्वाचनका लागि पार्टीले दिएको टिकट प्रयोग गरि साथीहरुले अनौठो खेल खेल्नु भयो माओबादी केन्द्र ताप्लेजुङ समन्वय समिति अध्यक्ष विष्णु हाङबाङले भन्नु भयो । जिसस प्रमुखको ३१ गते हुने निर्वाचन रोचक हुने भएको छ ।
महिला ३ जनाका लागि ४ जना , दलित १ जनामा २ जना र अन्य ३ जनाको लागि ५ जनाको उम्मेद्धारी परेको छ । ३१ गते निर्वाचनको कार्यतालिका रहेको छ । ताप्लेजुङमा १८ जना मतदाता रहेका छन् । ९ स्थानीय तह नगरपालिका प्रमुख र उपप्रमुख , गाउपालिका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउनेछन् । सबै हेरेर मात्र पोष्ट गर्नु होला



















