हाम्रो पार्टीले मन्त्री फेर्ने निर्णय गरेपछि अरु पार्टीमा भूकम्प गयो : माधव नेपाल
काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री मण्डल फेरबेदल गर्ने पार्टीको निर्णय कार्यान्वयन हुने बताएका छन् ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने र मन्त्रीहरु परिवर्तन हुने बताएका हुन् ।उनले भने, हाम्रो पार्टीले मन्त्री फेर्ने निर्णय गर्यो । अरु पार्टीमा भूकम्प गएको छ ।
नेपालले गठबन्धनलाई आउने चुनावसम्म लैजाने बताए । उनले भने,पार्टीले छ महिनाका लागि मन्त्री पठाएको र आठ महिना भइसकेकाले परिवर्तन गर्ने निर्णय गरिएको हो ।’
फरक प्रसंगमा नेपालले भने, आफ्नै शक्तिमा उभिएको भए यो भन्दा बढी सफलता हाँसिल गर्ने थियौं । कतिपय पालिकामा एक्लै लड्दै जितेका छौं । उनले पार्टी निर्माणमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।



















