भरतपुरको मेयरमा रेणु दाहाल जित नजिक

वेलकम खबर
जेष्ठ ९, २०७९

भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहाल जित नजिक पुगेकी छन्।

सोमबार अपराह्न साढे ४ बजेसम्म एक लाख १३ हजार ८७७ मत गणना भएको छ। अब १३ हजार ६८९ मत गन्न बाँकी छ। दाहालले १० हजार ९२६ मतको अग्रता लिएकी छन्।

मुख्य निर्वाचिन अधिकृतको कार्यालयका अनुसार, दाहालले ४५ हजार ९७३ मत पाएकी छन्। उनका प्रतिस्पर्धी नेकपा ९एमाले० का विजय सुवेदीले ३५ हजार ४७ मत पाएका छन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९६६ मत पाएका छन्। उनले कांग्रेसबाट बागी उम्मेदवारी दिएका थिए।

उपमेयरमा भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ। उनले ४६ हजार ९८८ मत पाएका छन् भने प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २७ हजार ५९५ मत पाएकी छन्।

अहिले भरतपुर वडा नं। २५ र २६ को मतगणना भइरहेको छ। वडा नं। २५ मा एमालेका र वडा नं। २६ मा माओवादीका उम्मेदवारले अग्रता लिइरहेका छन्।
जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञघण्ज्ञछड

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*