काठमाडौं महानगर : मतान्तर फराकिलो बनाउँदै बालेन, स्थापित ७५२० मतले पछाडि

वेलकम खबर
जेष्ठ ४, २०७९

काठमाडौ । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ९बालेन० ले फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार उनले १५ हजार ७७५ मत प्राप्त गरेका छन् ।

बालेनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् । बालेन र स्थापितबीचको मतान्तर ७५२० मत रहेको छ ।

त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ७ हजार ३४८ मत प्राप्त गरेका छन् । अहिलेसम्म स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनको धेरै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*