बरु म नष्ट हुन्छु, भ्रष्ट हुन्न : बराल
को हुनु श्रीकृष्ण
विष्णु प्रसाद बराल तथा बुधकुमारी बरालको सुपुत्रको रुपमा २०३२ सालमा काठमाण्डौ गोकर्णेश्वर वडा नं. ५(साविक जोरपाटी वडा नं. २) बराल गाउँमा जन्म भएको
यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह धारा . लिएर स्वतन्त्र उम्मेदवार श्रीकृष्ण बराल
राजनीतिक पृष्ठभूमिः २०४५÷०४६ को जनआन्दोलन देखि विभिन्न राजनैतिक पार्टी तथा स्वतन्त्र संगठनहरुको आन्दोलनमा सक्रिय महासचिव क. विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले आव्हानमा एकिकृत जनक्रान्तिमा समाहित लक्ष्य वैज्ञानिक समाजवाद, राष्ट्रघात, भ्रष्ट्राचार, महंगी विरुद्धको अभियानको क्रममा पक्राउ, घाइते तथा हिरासत । समाजलाई आवश्यक परेको समयमा सँधै अग्रसर, रेडक्रस मातहतमा रहेको स्थानीय विपद् व्यवस्थापनको विभिन्न ठाउँमा तालिम लिएर २०७२ सालको विनासकारी भूकम्पको समयमा गोकर्णेश्वर नगर लगायत विभिन्न ठाउँमा राहत वितरण कार्यमा सक्रिय तथा भुकम्पबाट क्षति पुगेको भौतिक संरचनाहरु लगायत विविध कार्यहरुमा श्रमदान । २ वर्ष पहिले कोरोना महामारीको समयमा स्थानीयवासीको सहयोगमा २५०० भन्दा बढि पीडितहरुलाई खाना खुवाउनुको साथै गोकर्णेश्वर नगरका विभिन्न स्थानमा राहत वितरण गर्नुका साथै रक्तदान जीवनदान भन्ने शब्दलाई व्यवहारमा परिणत गर्दै आजसम्म ६० पटक रक्तदान गर्ने अवसर । सामन्तीहरुबाट आफ्नो पैतृक सम्पत्तिको रक्षा गर्ने क्रममा सर्वोच्च अदालतमा विपक्षीहरुसँग बहस गरेको अनुभव तर न्याय नपाएर समय, परिस्थिति र देशको विग्रदो अवस्थाका कारण क्रान्तिमा सक्रिय ।
एजेण्डा नं. १ भ्रष्टचार नियन्त्रणा
भन्न त सिंहदरबारका अधिकार गाउँगाउँमा भनिन्थ्यो । तर भ्रष्टचार भने गाउँ–नगरमा पुगेजस्तै भयो । महालेखा परीक्षकको प्रतिवेदन अनुसार स्थानिय तहमा व्यापक भ्रष्टचार भएका प्रमाणित हुन्छ । गोकर्णेश्वर नगरबासीले तिरेको राजश्व करबाट होस् वा केन्द्र सरकारले छुट्याएको वार्षिक बजेटबाट गोकर्णेश्वर नगरको विकास निर्माण, खेलकुद, शिक्षा, स्वास्थ्य, धार्मिक विविध कार्यक्रमहरुमा बजेटको व्यापक दुरुपयोग भएको छ । हामीले पटक पटक अनुरोध गर्दा पनि सवारी साधन चल्ने सडकमा ढुंगा बिछ्याएर १–२ वर्षमै ढुंगा निकालेर पिच गरियो । पिच गरिएको ठाउँमा १ वर्ष नपुग्दै पुनः पिच गरियो । यदि म निर्वाचित भएमा विकास निर्माण लगायत गोकर्णेश्वर नगरबाट हुने सम्पूर्ण कार्यहरु वैज्ञानिक तरिकाले समाधान गरेर गोकर्णेश्वर नगरमा भ्रष्टचार मुक्त नगर निर्माण गर्नेछु ।
एजेण्डा नं. २ कृषि तथा उत्पादन
गोकर्णेश्वर नगरको वडा नं. १, २, ३ मा कृषिको माध्यमबाट विभिन्न अन्न, फलफुल, तरकारी, माछा मासु उत्पादन गर्न सकिन्छ । यि वडाहरुको खेती योग्य जमिनहरु अझै छन् । वडा नं. १ मा ओख्रेनी, मुलखर्क, सुन्दरीजल, वडा नं. ३ अन्तर्गत वालुवा, सुन्ताखान, तारेभिर, साथै २ नं. वडाको माथिल्लो भूभागहरु खेती गर्न योग्य जमिनहरु हुन् । गोकर्णेश्वर नगरका विभिन्न वडाहरुमा कलकारखाना स्थापना गरि स्थानियस्तरमै रोजगारको व्यवस्था गरि उत्पादन गर्दै नगरलाई आत्मनिर्भर बनाउने काम गर्नेछु ।
एजेण्डा नं. ३ अव्यवस्थित बजार तथा फोहोर मैला व्यवस्थापन
गोकर्णेश्वर नगरको प्रमुख बजार जोरपाटी लगायत अन्य ठाउँहरुपनि अस्तव्यस्त छन् । स्थानिय सरकारको दायित्व आप्mनो नगरलाई व्यवस्थित गर्नु पर्ने हो । तर जिम्मेवारी बोधनभएका जनप्रतिनिधिका कारण गोकर्णेश्वर नगर दिनप्रतिदिन कुरुप बन्दै गएको छ । गोकर्णेश्वर नगरमा व्यापारको नाममा सडक किनार तथा खाली भएका ठाउँहरु कब्जा गर्दै शहरलाई अस्तव्यस्त बनाएका छन् । यही अव्यवस्थित बजार बस्तीबाट दुर्गन्धित फोहोर बाटो भरि जहाँ मनलाग्यो त्यही प्mयालेर नगरलाई नै दुर्गन्धित पार्ने कार्य भएको छ । अत्याधुनिक मेशिन विदेशबाट ल्याएर भएपनि गोकर्णेश्वर नगरभरिको फोहार उचित स्थानमा जम्मा गरि आम्दानी सहित बाँकी फोहोर डिस्पोज गर्न सकिन्छ ।
एजेण्डा नं. ४ आन्तरिक पर्यटनको विकास तथा संस्कृतिको रक्षा
गोकर्णेश्वर नगरका वडाहरु मध्यै १, २, ३ आन्तरिक पर्यटकहरु मात्र नभएर विदेशी पर्यटकहरुको लागि पनि प्रमुख गन्तव्य हुने । सुन्दरीजल, ओख्रेनी, मुलखर्क, तारेभिर स्थानहरुमा होम स्टे सञ्चालन गरि ग्रामिण क्षेत्रको आर्थिक सुधारका कार्यहरु गर्न सकिन्छ । सुन्दरीजलदेखि मुलखर्कहुँदै धापसम्म आन्तरिक तथा विदेशी पर्यटकहरुका लागि केन्द्र सरकारसँग स्वीकृति लिएर केवलकार निर्माण गर्न सकिन्छ । राष्ट्रिय शहिदपार्कबाट तारेभिर हुँदै बागद्वारसम्म पैदल हिडेर दृश्यावलोकन साथै तारेभिरमा जिपलाईन निर्माण गरेर आन्तरिक पर्यटनहरुलाई मनोरञ्जन प्रदान गर्न सकिन्छ । सुन्दरीमाई उत्तरबाहिनी तथा गोकर्णेश्वर महादेव तथा चामुण्डादेवीको मन्दिर गोकर्णेश्वर नगरपालिकाका प्रमुख धार्मिक तीर्थस्थलहरु विभिन्न चाडपर्वमा हुने स्थानीय जात्रा धर्म संस्कृतिको रक्षा गर्नुपर्दछ ।
एजेण्डा नं. ५ अखाद्य विषादि मदिरा नियन्त्रण तथा नगरवासीका सुरक्षा
गोकर्णेश्वर नगरमा विहानदेखि मदिरा पसल खुल्ने हुँदा यसलाई वैधानिक भन्न मिल्दैन किनकी बिहान पिउने खाने भनेको पानी, दूध, चिया, खाजा हुन् । मदिरा पिउनै परेपनि शारिरीकरुपमा कडा परिश्रम गर्नेहरु शरिरको थकाइ कम गर्न साँझ बेलुकी मात्र सेवन गर्दा हुन्थ्यो अझ भन्ने हो भने गोकर्णेश्वर नगरमा अखाद्य मदिरा खुलेआम बिहानदेखि मध्यरातसम्म विक्री वितरण भइरहेको छ जसले गर्दा समाजमा अवान्छित गतिविधी हुनुका साथै गोकर्णेश्वर नगरवासीहरु पनि सुरक्षित देखिएन । अव्यवस्थित मदिरा व्यवसाय व्यवस्थित गर्नु हाम्रो पहिलो प्राथमिकता हुनुका साथै नगरवासीको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो ।
एजेण्डा नं. ६ मेलम्ची तथा सुन्दरीजलको पानीको उचित व्यवस्थापन
मेलम्ची तथा सुन्दरीजलको पानी गोकर्णेश्वर नगर हुँदै उपत्यका भित्र वितरण गरिन्छ सुन्दरीजल, मेलम्चीको पानी वैज्ञानिक तरिकाबाट बाडफाड हुन आवश्यक छ यहि नगरबाट पानी जाने हुँदा नगरबासीहरुलाई पानीको उचित तरिकाले वितरण गरिनेछ ।
एजेन्डा नं. ७ शिक्षा तथा स्वस्थ्य
गोकर्णेश्वर नगरका स्कुल कलेजका पाठ्यसामग्रीमा भौगोलिक विशेषता सस्कृतिको रक्षा गोकर्णेश्वर नगरको ऐतिहासिक विषयहरु समावेश गराउनु आवश्यक छ यहाँको कृषिबाट उत्पादन हुने बस्तुहरु जल, जमिन, जंगल विविध विषयहरु समेटेर पाठ्य सामाग्री तयार गर्नु मुख्य सरोकारको विषय हुन । गोकर्णेश्वर नगरका प्रत्येक वडाहरुमा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण गर्नु आवश्यक भैसक्यो साथै गोकर्णेश्वर नगरमा एउटा सुविधा सम्पन्न सरकारी अस्पताल अत्यावश्यक छ ।
एजेन्डा नं. ८ खेलकुद
हाम्रो देश नेपाल एक पटक विश्वकप टि–२० क्रिकेट खेल खेलेर विश्वलाई नै कौशलता देखाई सकेको हुनाले गोकर्णेश्वर नगरमा सबै खेलहरुको सम्मान गरेर विविध खेलहरुमा प्रतिस्पार्धा गराई पुरस्कृत गरिने छ तर हरेक वडाहरुबाट क्रिकेट खेलाडी छनोट गरेर राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरेर गोकर्णेश्वर नगरको गरिमा बढाइने छ ।
एजेन्डा नं. ९ आन्तिरिक राजश्व तथा वैज्ञानिक कर प्रणाली
गोकर्णेश्वर नगरमा स्रोत पहिचान गरेर आन्तिरिक राजश्वमा वृद्धि गरिनेछ । गोकर्णेश्वर नगरबासीले तिरेको राजश्व करको सहि सदुपयोग गरेर वैज्ञानिक करप्रणाली लागू गरिनेछ । अहिले नगरबासीलाई समेत कर चुक्ता गर्न झन्झट भएको हुँदा वैज्ञानिक करप्रणाली लागू भएमा यस नगरको आयमा वृद्धि हुनु साथै नगरबासीलाई समेत राहत हुनेछ ।



















