२४ घण्टा पनि टिकेन चुनाबी गठबन्धन,ताप्लेजुङ सिदिङवामा माओवादी घोषणा गरयो उम्मेदवारको नामावली

वेलकम खबर
बैशाख ८, २०७९

ताप्लेजुङ । ताप्लेजुङका सत्ता गठवन्धन दलले गठबन्धन गरेर स्थानीय निर्वाचनमा उम्मेदवार बनाउने घोषणा गरेको भोलिपल्टै माओवादी केन्द्रले  सिदिङवा गाउँपालिका कमिटिले एक्लै चुनाव लड्ने निर्णय गरेको छ । विहिवार प्रेस विज्ञप्ती जारी गदै क्षेत्रीय दलवाहेक अन्य राजनीतिकदलसग चुनावी तालमेल नगर्ने निर्णय सहित उम्मेद्धारको नामावली सार्वजनिक गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष अम्वर वहादुर लिम्वूद्धारा हस्ताक्षरित बिज्ञप्तीमा पालिका अध्यक्ष सहित वडाध्यक्ष र सबै वडा सदस्यहरुको नाम सार्वजनिक गरेको हो ।
अध्यक्षमा प्रिति राई र उपाध्यक्षमा यसअघिकै उपाध्यक्ष जीवन ताम्लिङलाई उम्मेदवार बनाउने जनाएको छ । । हिजो भएको काग्रेस र माओवादीको समिकरणमा यो पालिकाको उपाध्यक्ष माओवादीको भागमा परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*