निर्वाचन वर्ष
नेपाली नयाँ वर्ष २०७९ आजबाट सुरु । नेपालको राजनीतिक इतिहासमा यो वर्षले फेरि ‘ऐतिहासिक अवसर’ पाउँदै छ । गाउँगाउँमा सिंहदरबारको नारासहित ‘संघीय संरचना’मा अघि बढिरहेको मुलुकमा घरआँगनबाटै सेवा लिन ‘आफ्ना नेता आफैं छान्ने’ दोस्रो विषेश वर्षका रूपमा हामीमाझ आएको छ, २०७९ ।
संघदेखि प्रदेश र स्थानीय तह निर्वाचन यसै वर्ष हुँदै छ, जुन, ३० वैशाखका लागि तय भइसक्यो । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र निर्वाचन मितिसमेत निकट भविष्यमै तय हुुँदै छ ।
स्थानीय तहअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका गरी कूल ७ सय ५३ स्थानीय तहमा आगामी ३० वैशाखमा नेतृत्व चयन हुँदै छन् । यो निर्वाचनमार्फत १ हजार ५ सय ६ प्रमुख तथा उपप्रमुख, ६ हजार ७ सय ४३ वडाध्यक्ष र ती वडाका २६ हजार ९ सय ७२ सदस्यसमेत यही मितिमा चयन हुँदै छन् । स्थानीय तहमा मात्रै कुल ३५ हजार २ सय २१ जनप्रतिनिधि चयन हुने छन् ।
तीनै तहगरी ३७ हजार ४६ नेता चुनिँदै
यसैगरी, प्रतिनिधि सभातर्फ १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक गरी २ सय ७५ प्रतिनिधि सभा सदस्यसमेत यही वर्ष चयन हुँदै छन् ।यतिमात्रै होइन, ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि यही वर्ष प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकतर्फ २ सय २० गरी ५ सय ५० नेतृत्व चयन गरिँदै छ । स्थानीय तहदेखि प्रतिनिधि र प्रदेश सभामासमेत गरी यो वर्ष ३६ हजार ४६ नेता चयन गर्दैछौं । २०७४ सालमा सम्पन्न तीनै तह निर्वाचनपछि वर्ष २०७९ हामीमाझ ‘निर्वाचन वर्ष’का रूपमा छाएको छ ।
निर्वाचन आयोग प्रमुख आयुक्त दिनेशकुमार थपलिया वर्ष २०७९ ‘निर्वाचन वर्ष’का रूपमा अघि बढेको बताउँछन् । संविधानले परिकल्पना गरेका तीनै तह निर्वाचनलाई ‘स्वतन्त्र, निष्पक्ष र भय’रहित बनाउने आयोगको प्रतिबद्धता रहेको उनी सुनाउँछन् ।आयोगमा हालसम्म संगठन प्रयोजनका लागि १ सय ११ राजनीतिक दल दर्ता छन् । यीमध्ये ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दलले मात्रै दर्ता गराएका छन् । यिनै दल ७९ दल आगामी निर्वाचनमा सहभागी हुन पाउने छन् ।
यस्ता छन्, प्रतिस्पर्धी दल
आयोगका अनुसार जनमत पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, बहुजन एकता पार्टी नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०ले स्थानीय तह निर्वाचनमा भाग लिँदै छन् ।
त्यस्तै, तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल, नेपाल समावेशी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय विकास पार्टी, नागरिक उन्मुक्ति पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल परिवार दलले समेत सहभागिता जनाउँदै छन् ।
यसैगरी, नेपाल विवेकशील पार्टी, नेपाल संसदीय समाजवादी पार्टी, सचेत नेपाली पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, समाजवादी केन्द्र नेपाल, पिछडावर्ग निषाद दलित जनजाति पार्टी, नेसनलिस्ट पिपल्स पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, आमूल परिवर्तन मसिहा नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय सद्भावना पार्टी, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०, नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी, नेपाल कम्युनिस्ट पार्टी परिवर्तनले पनि यो निर्वाचनमा भाग लिने भएका छन् ।
यता, नेपाल कम्युनिस्ट पार्टी ९एमाले०, नेपाल कम्युनिस्ट पार्टी ९माक्र्सवादी लेलिनवादी०, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, त्रिमुल नेपाल, नेपाल जनता पार्टी, किरात खुम्बुवान साझा, माओवादी जनमुक्ति पार्टी नेपाल, समावेशी लोकतान्त्रिक पार्टी, नेपाः राष्ट्रिय पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी ९समाजवादी०, मितेरी पार्टी नेपाल, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, उन्नत लोकतन्त्र पार्टीले निर्वाचनमा सहभागी हुँदै छन् ।
त्यस्तै, नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, साझा पार्टी, नेपाल, नेपाल सुकुम्बासी पार्टी ९लोकतान्त्रिक०, बहुजन शक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी ९पुष्पलाल०, नेपाल सुशासन पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लाकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहत०, विवेकशील साझा पार्टी, नेपालका लागि नेपाली पार्टी, लोक दल, नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, नेपाली कांग्रेस ९बिपी०, राष्ट्रिय समाजवादी पार्टी नेपालले पनि निर्वाचनमा सहभागिता जनाउँदै छन् ।
यसैगरी, माओवादी कम्युनिस्ट पार्टी नेपाल, नेपालवाद, सामाजिक एकता पार्टी, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन, जनजागरण पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल, बहुजन समाज पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी पनि निर्वाचनमा सहभागी हुँदै छन् ।
मतदाता संख्या कति ?
यो स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता सहभागी हुने छन् । जसअनुसार ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला, र १ सय ८३ अन्य मतदाता सहभागी हुन पाउने छन् । यिनै मतदाताले वर्ष २०७९ मा ३६ हजार ४६ नेता चुन्ने छन् ।
आयोगद्वारा सार्वजनिक नामावलीअनुसार सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् । मोरङपछि झापामा ६ लाख ४६ हजार २ सय ३४ तथा काठमाडौंमा ६ लाख ३७ हजार ७ सय ७५ मतदाता कायम छन् ।सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन् । यसपछि मुस्ताङमा १० हजार ४ सय ८५ तथा डोल्पामा २२ हजार ४ सय ४० जना कायम भएको छ ।स्थानीय तहतर्फ भने सबैभन्दा बढी मतदाता काठमाडौं महानगरपालिकामा छन् । यहाँ ३ लाख २ सय ४२ मतदाता छन् ।काठमाडौंपछि स्थानीय तहतर्फ दोस्रो बढी मतदाता पोखरा महानगरपालिकामा छन् । पोखरामा २ लाख ७ हजार ७ सय १२ कायम भएका छन् ।यसैगरी, तेस्रोमा भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन् ।
आयोगका अनुसार मनाङ नार्पा भूमि गाउँपालिकामा सबैभन्दा कम ४ सय ४८ मात्र मतदाता छन् । मनाङकै चामे गाउँपालिकामा ७ सय ११ र डोल्पा छार्का ताङसोङ गाउँपालिकामा ९ सय ६७ मतदाता रहेको जनाइएको छ । स्थानीय तह निर्वाचनपछि देश अन्य दुई तहका निर्वाचनतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ ।राजधानी दैनिकबाट



















