नेपाल खेलकुद महासंघ ताप्लेजुङको अध्यक्षमा दिवस चयन

मदन गौतम
चैत्र २९, २०७८

ताप्लेजुङ । नेकपा एमाले निकट जनबगिर्य भातृ संगठन मध्येको नेपाल खेलकुद महासंघ ताप्लेजुङको अध्यक्षमा थर्क कुमार चङवाङ (दिवस ) चयन हुनुको छ । आज फुङलिङमा भएको अबिधेशनले चङवाङलाई निर्विरोध निर्वाचित गरेको हो ।
चङवाङ ताप्लेजुङ जिल्ला भलिबल संघका अध्यक्ष समेत रहेका छन । उपाध्यक्ष ,सचिव , उपसचिव क्रमस शुसिला गुरुङ र हेम थलङ ,अनिल यवागु , सविन अधिकारी र मिलन प्रधान रहनु भएको ५१ सदस्यीय जिल्ला कमिटी गठन भएकोछ । नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य मणिशखर पोमु तथा प्रदेश सदस्य तथा जिल्लाका नेताको उपस्थिीती रहेको नवनिर्वाचित अध्यक्ष चङवाङले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*