थप १२ हजार ८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

वेलकम खबर
माघ ११, २०७८

काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार १०३ जनाको पीसीआर परीक्षणमा ९४३२ र ७ हजार ८०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५७६ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३०४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*