राष्ट्रिय सभामा सोनाम गेल्जेन शेर्पाको सशक्त दाबेदारी

वेलकम खबर
माघ १०, २०७८

काठमाडौ । आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्वर १ बाट नेकपा एमालेलेले प्रदेश कमिटी सदस्य सोनाम गेल्जेन शेर्पालाई सहित ३ जनालाई उम्मेदवार बनाएको छ । अल्पसंख्यकतर्फबाट सोनाम गेल्जेन शेर्पा खुल्लातर्फ गुरुप्रसाद बराल, र महिलातर्फ सुमित्रा भण्डारी नेकपा एमालेका उमेद्धवारहरु छन् ।
को हुन शेर्पा
दुर्गम क्षेत्रको तर्फबाट त्याग, इन्दारिता, लगनशीलता र निष्ठाको रुपमा सोनाम शेर्पालाई लिने गरिन्छ । शेर्पा नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा करिव ४० वर्षदेखि उहाँ अनवरत रुपमा सक्रिय हुनुहुन्छ । सोलुखम्बुको नाम्चे बजारमा २०२५ साल माघ २६ मा बाबु तेन्जिङ शेर्पा र आमा दाकी शेर्पाको कोखबाट जन्मिनु भएको हो । सोनाम शेर्पाले नेपाल ल कलेज काठमाडौबाट प्रमाण तह (कानुन संकाय अध्ययन सक्नु भएको छ । २०३५ सालबाट खुम्जमावि देखि अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नु भएका शेर्पा ल क्याम्पस काठमार्डौमा प्रा.क सदस्य समेत बन्नुभयो । मदन भण्डारी फाउन्डेसन केन्द्रीय सदस्य भएर काम गरी सक्नुभएका उहाँल नेकपा एमाले पर्यटन विभाग सदस्य सार्थै नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी सदस्यसमेत भई सक्नु भएको छ । हाल नेकपा एमाले प्रदेश न १ कमिटी सदस्य रहुन भएको छ ।


२०५४ सालमा स्थानीय निकायको निर्वाचनमा लोकप्रिय मत ल्याएर नाम्चे गाविस अध्यक्ष हुदाँ नेपालकै उदारणिय अध्यक्षको रुपमा काम गर्नुभएको थियो उहाँले नाम्चे क्षेत्रमा नमुनाको रुपमा खानेपानी ढल ब्यवस्थित गर्नु भएको थियो । सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यबति क्षेत्र ब्यवस्थापन समितिको विगत ४ कार्यकाल देखि लगातार अध्यक्ष रहनु भएको शेर्पा नेपालको १८ बटा मध्वति मध्ये सगरमाथालाई उत्कृष्ट क्षेत्र समेत बनाउनु भएको छ । सगरमाथा क्षेत्र सरसफाई अभियान सञ्चालन गर्नु भएको थियो भने ,सगरामाथा क्षेत्रमा सिसाको बोत्तल बन्द अभियान समेत उहाँले नै सञ्चालन गर्नु भएको थियो । संरक्षण क्षेत्रमा सामाजिक सुधार अभियान साथै खुम्बु क्षेत्रमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुका लागि आपतकालिन कोषको स्थापना गरेर उहाँ झन लोकप्रिय बन्नुभयो । स्थानीय भाषा तथा संस्कृति संरक्षण तथा जर्गेनामा पनि उहाँको भुमिका उल्लेख्य रहेको छ । हाल उहाँ खुम्बु विजुली कम्पनीको अध्यक्ष समेत हुनुहु्न्छ ।


सामाजिक क्षेत्रमा उल्लेख्य भुमिका खेलेको भन्दै शेर्पालाई सरकार तथा विभिन्न संघ संस्थाहरुले सम्मान तथा विभुषण समेत प्रदान गरेको छ । प्रथम गणतन्त्र दिवसको अवसरमा श्रीजनसेवा चौथौबाट विभुषित गरिएको थियो । संरक्षण क्षेत्रमा उल्लेख्य भुमिका निवार्ह गरेको भन्दै विश्व बन्यजन्तुकोषले अब्राहम संरक्षण पुरस्कारबाट समेत पुरस्कृत गरेको छ भने प्रधानसेनापति मेडलबाट उहाँ सम्मानित हुन भएको छ ।


राष्ट्रियसभामा शेर्पा नै किन
राष्ट्रियसभा विधि निर्माणका लागि नीतिगत छलफल गर्ने माथिल्लो सभा हो । विधेयकमा सघन छलफलको आवश्यकता हुन्छ नेपालको संविधानले प्रदत्त राजनीतिक सामाजिक आर्थिक अधिकार तथा पिछडिएका समुदयाहरुको हक अधिार सुनिश्चितलाई पूर्ण कार्यान्वयन गर्ने विधि ब्यवस्था र कानुन तयार गर्नमा उल्लेख्य भुमिका निर्वाह गर्नका लागि आफनो उमेदवारी रहेको शेर्पा बताउनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*