काठमाडौंमा आजदेखि जोरबिजोर प्रणाली लागू हुने

वेलकम खबर
माघ ८, २०७८

काठमाडौं ।काठमाडौं उपत्यकामा आजदखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ । कोभिड९१९ को संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका हुन् । जसअनुसार आज जोर गते जोर नम्बर प्लेटका गाडी गुड्नेछन् भने ९ माघमा बिजोर नम्बर प्लेटका छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार केही क्षेत्रमा भने जोरबिजोर लागू हुने छैन् । सरकारले अत्यावश्यक सेवा घोषणा गरेको क्षेत्रमा जोरबिजोर लागू नहुने उनले बताए ।
जसअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल,शववाहन, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारीसाधनमा निर्वाध रुपमा गुड्न पाउनेछन् ।खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न पाइने छ ।
परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउने छन् भने परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागू हुने छैन ।

सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र भएका पत्रकारका सवारीसाधन तथा कूटनीतिक नियोगका सवारीसाधनमा जोरबिजोर लागू हुने छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*