नेपाल बायु सेवा निगम तीन जना सञ्चालकले गेटबाटै नोट अफ डिसेन्टको पत्र लेखेर फर्किए
काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समितिको बैंठकमा उपस्थित हुने वातावरण नभएको भन्दै तीन जना सञ्चालकहरुले फरक मत( नोट अफ डिसेन्ट) लेखेका छन् ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बिहिबार राखेको सञ्चालक समितिमा उपस्थित हुन पुगेका तीन जना सञ्चालकहरु केन्द्रिय कार्यालयमा पुगेर फर्किएका छन् ।
बैंठकमा बोलाएर मुल गेटमा महाप्रवन्धक डिमप्रकाश पौडेलसहित सञ्चालक समितिका सदस्यहरुलाई प्रवेश निषेध गरिएको ब्यानर राखेको देखेपछि बैंठकमा प्रवेश नै नगरी नोट अफ डिसेन्टको पत्र पठाएर फर्किएका हुन् । अध्यक्ष अधिकारीले आफुहरुलाई बैंठकमा बोलाएर बेइजत गरेको र उचित वातावरण नै बनाउन नसकेको ती सञ्चालकको भनाई छ ।
निगमका कर्मचारीहरुले कम्पनी मोडलमा लैजाने प्रस्तावमा हस्ताक्षर गर्ने सञ्चालकहरुलाई हटाउन माग गर्दै आइरहेका छन् । तर, कम्पनी मोडलमा लैजाने मस्यौदा बनाउने संयोजक किशोर प्रधान भने बैंठकमा उपस्थित भएका छन् । कार्यकारी अध्यक्ष अधिकारीले नै उनलाई बैंठकमा बोलाएको स्रोतको दाबी छ । अध्यक्ष अधिकारीले अहिले प्रधान बाहेकका अन्य सदस्यहरुलाई हटाउने आन्तरिक तयारी गरिरहेको बेला बिहिबार बैंठक बसेको हो ।नोट अफ डिसेन्टमा निगमको मुलगेटमा राखिएको ब्यानर कार्यकारी अध्यक्ष अधिकारीले नै खर्च गरेर राख्न लगाएको र कार्यालयमा प्रवेश गर्न खोजे कर्मचारीहरुलाई अवरोध गर्न निर्देशन समेत दिएको जानकारी आफुहरु पाएकोले बिचबाटै फर्किएको उल्लेख छ ।बैंठकमा सहभागि हुन सञ्चालकहरु महाप्रबन्धक पौडेल,ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पा रहेका छन् । अहिले सञ्चालक समितिको बैंठक भने चलिरहेको छ । बैंठकमा प्रधान सहित पर्यटन र अर्थमन्त्रालयका प्रतिनिधिहरु सहभागि छन् ।



capitalnepal



















