पत्रकारिता पृष्ठभूमिका चार जना एमाले केन्द्रीय सदस्यमा भिड्दै

वेलकम खबर
मंसिर ८, २०७८

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका चार जनाले केन्द्रीय कमिटीमा दाबी गर्ने भएका छन्।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका सूर्य थापा केन्द्रीय सदस्यमा दोहोरिन चाहेका छन्। थापा एमालेको नवौं महाधिवेशनमा पनि केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
यसैगरी, प्रेस चौतारीका पूर्वमहासचिव विष्णु रिजाल पनि केन्द्रीय कमिटीमा दाबी गर्दैछन्। उनी एमाले र माओवादी केन्द्र एकीकरणका समयमा केन्द्रीय सदस्य मनोनीत भएका थिए।
प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल पनि केन्द्रीय सदस्यमा भिड्ने तयारीमा छन्। यसैगरी, एमालेको प्रचार विभाग सचिव रहेका प्रेस चौतारीका पूर्वअध्यक्ष गगन विष्टले यसपटक केन्द्रीय सदस्यको दाबेदारी प्रस्तुत गर्ने तयारी गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*